राष्ट्रिय बीमा संस्थान र एनसीएचएल बीच सम्झौता

  • Technology Khabar | २७ चैत्र २०७७, शुक्रबार
राष्ट्रिय बीमा संस्थान र एनसीएचएल बीच सम्झौता

काठमाडौं ।

राष्ट्रिय बीमा संस्थान र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच एक सम्झौता भएको छ। बीमा संस्थानको भुक्तानीसम्बन्धी कारोबारलाई एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने गरी उक्त सम्झौता भएको हो ।

सम्झौता पत्रमा राष्ट्रिय बीमा संस्थानका तर्फबाट संस्थाका प्रशासक कवि प्रसाद पाठक र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय बीमा संस्थानले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई आफ्नो बैंकको माध्यमबाट नेशनल पेमेन्ट गेटवेमार्फत एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडिए पछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगानी लगायतका विभिन्न कारोबारहरु बैंक खाताहरुबाट सोझै गर्न सक्ने बताईएको छ ।

साथै संस्थानका बीमितहरुले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइन मार्फत कनेक्ट आईपीएसबाट वा ५ हजारभन्दा बढि बैंक शाखाहरुबाट र एनसीएचएलसँग आबद्ध बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुको च्यानलहरु मार्फत पनि सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै संस्थान तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

प्रकाशित: २७ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...