नोकियाले ल्यायो ३६ घण्टा ब्याट्री टिक्ने ‘नोकिया लाइट इयरबड’

  • Technology Khabar | २७ चैत्र २०७७, शुक्रबार
नोकियाले ल्यायो ३६ घण्टा ब्याट्री टिक्ने ‘नोकिया लाइट इयरबड’

काठमाडौं ।

एचएमडी ग्लोबलले बिहीबार अप्रिल ८ तारिखमा स्मार्टफोन सिरिजका साथै टीडब्लूएस सेगमेन्टमा नयाँ नोकिया लाइट इयरबड पनि सार्वजनिक गरेको छ।

यो इयरबड एक पटक चार्ज गरेपछि ३६ घण्टासम्मा प्रयोग गर्न सकिने कम्पनीको दावी छ। डिजाइन हेर्दा वनप्लसको बड्ज जेड जस्तै देखिने नोकिया लाइट इयरबड कालो तथा पोलर सी गरी दुई रंगमा सार्वजनिक गरिएको छ।

यो इयरबडको शुरुवाती मूल्य ३९ यूरो तोकिएको छ भने कम्पनीले यो इयरबड छिट्टै बजारमा उपलब्ध हुने बताएको छ।

नोकिया लाइट इयरबड हालका लागि यूरोपेली देशहरुमा मात्र उपलब्ध हुने बुझिएको छ भने यसबाहेकका देशहरुमा कहिले उपलब्ध हुन्छ भन्ने कुनै यकिन मिति तोकिएको छैन।

प्रकाशित: २७ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...