नयाँ वर्षको अवसरमा सानिमा बैंकको ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर’ योजना

  • Technology Khabar | २७ चैत्र २०७७, शुक्रबार
नयाँ वर्षको अवसरमा सानिमा बैंकको ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर’ योजना

काठमाडौं ।

नयाँ वर्ष २०७८ को अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना” सार्वजनिक गरेको छ।

अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो।

यो योजना अन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम् रु १,०००/- सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ भने क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम् रु १,५००/- सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यो योजना २०७७ चैत्र २९ देखि २०७८ वैशाख ७ गतेसम्म लागू हुनेछ ।

उक्त सम्झौता पत्रमा सानिमा बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ्ग विभागका निरज राज श्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरे।

सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डका लागि बैंकको वेभसाइटमा गई आवेदन दिन सकिने बैंकले जनाएको छ।

प्रकाशित: २७ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung hints at a new AI-Driven smartphone experience

  • २७ चैत्र २०७७, शुक्रबार

Samsung Nepal announces exciting offers on its AI TVs for the T20 World Cup season

  • २७ चैत्र २०७७, शुक्रबार

China successfully launches reusable experimental spacecraft

  • २७ चैत्र २०७७, शुक्रबार

EU warns Meta it must open up WhatsApp to rival AI chatbots

  • २७ चैत्र २०७७, शुक्रबार