प्रबिधिमैत्री ‘नबिल जेन-एन एकाउन्ट’ को नक्कल गरिएका अन्य खाताहरुबाट सचेत हुन बैंकको आग्रह

  • Technology Khabar | २७ चैत्र २०७७, शुक्रबार
प्रबिधिमैत्री ‘नबिल जेन-एन एकाउन्ट’ को नक्कल गरिएका अन्य खाताहरुबाट सचेत हुन बैंकको आग्रह

काठमाडौं ।

सम्पूर्ण देशनै कोरोनाको कहरमा गुज्रिरहेको अवस्थामा ग्राहक वर्गको माग तथा समय साप्यक्ष सेवा दिने हेतुले नबिल बैंकले नबिल जेन एन एकाउन्ट ‘Nabil Gen-N Account’ ल्याएको थियो।

नबिल जेन एन एकाउन्ट नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको हो । यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गरिएको नबिल बैंक बिश्वस्त छ।

यसमा एनटिसी एनसेल २ जीबी डाटा प्याकेजको विशेष सुविधाका साथै थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको छ।

हाम्रो यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्की नबिल जेन एन एकाउन्ट खोलि यस खाताको लाभ लिई ढुक्क हुन सक्ने बैंकले जनाएको छ।

साथै कोरोनाको असहज परिस्थितिका बावजुद यस बचत खाता संचालनमा आएको एक वर्ष नपुग्दै १ लाख भन्दा बढी ग्राहकहरु पुगेको बैंकले उल्लेख गरेको छ।

प्रकाशित: २७ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

रेडमी १५ए सार्वजनिक, यस्ता छन् विशेषता

  • Technology Khabar
  • २७ चैत्र २०७७, शुक्रबार