वर्ल्डलिंक कम्युनिकेसन्सको ‘हर्षको नयाँ वर्ष’ अफर, इन्टरनेट सेवामा ६२ प्रतिशतसम्म छुट पाईने

  • Technology Khabar | २७ चैत्र २०७७, शुक्रबार
वर्ल्डलिंक कम्युनिकेसन्सको ‘हर्षको नयाँ वर्ष’ अफर, इन्टरनेट सेवामा ६२ प्रतिशतसम्म छुट पाईने

काठमाडौं ।

नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले आउँदो नयाँ वर्षलाई लक्षित गरी ‘हर्षको नयाँ वर्ष’ नामक अभूतपूर्व अफर ल्याएको छ।

कोरोना महामारीले सन्त्रस्त बनाएको २०७७ सालको बिदाइसँगै नयाँ वर्ष २०७८ सालले सुख, समृद्धि र सुस्वास्थ्य ल्याउने आशा सर्वत्र छ।

‘त्यही अपेक्षासाथ हामीले ‘हर्षको नववर्ष’ अफर ल्याएका हौं, जसमा हाम्रा आदरणीय ग्राहकहरूले बाह्र महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिनुभयो भने समग्रमा ६२ प्रतिशतसम्म छुट पाउनुहुनेछ ।’ कम्पनीले विज्ञप्तीमा भनेको छ।

यो बाह्र महिने अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा पनि ग्राहकहरूले बाह्रै महिना नेट टीभीको सेवा निःशुल्क पाउनेछन् । यसमा तीन महिना नेट टीभी प्राइम प्याकेज पनि पाउनेछन्, जसमा फिल्म हेर्न सकिनेछ।

वाईफाईको उत्कृष्ट अनुभवका लागि डुएल ब्यान्ड राउटर सित्तैंमा उपलब्ध गराएको छ भने यससँगै जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेटअप बक्स पनि निःशुल्क हुनेछ।

‘नयाँ वर्ष उत्सवको समय भएकाले हामी आफ्ना नयाँ तथा पुराना ग्राहक महानुभावहरूले सामान्यतः शुल्क लाग्ने सेवाहरूमा बढीभन्दा बढी छुटसहित तीव्र गतिको इन्टरनेटको आनन्द उठाउनुहोस् भन्ने चाहान्थ्यौं,’ वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले भने, ‘हाम्रा प्रिय ग्राहकहरूको खुशीका लागि हामी निरन्तर क्रियाशील रहिआएका छौं । यही सचेतताका कारण, ग्राहक महानुभावहरू आफ्ना घरबाहिर पनि अनलाइन रहन सक्नुहोस् भनि हामीले नेपालभर १० हजारभन्दा बढी हटस्पटहरूको सिर्जना गरेका छौं । यो नयाँ वर्षले हाम्रा आदरणीय ग्राहकहरूका लागि उत्साहजनक धेरै नयाँ सामग्री र सेवा ल्याउनेछ, ताकि हामी ग्राहकहरूको जीवनलाई थप प्रभावकारी र सुखमय बनाउन सकौं ।’

प्रकाशित: २७ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार