राष्ट्रिय वाणिज्य बैंकको क्यूआर कोडमार्फत नेपाल प्रहरी अस्पतालमा भुक्तान गर्न सकिने

Technology Khabar २६ चैत्र २०७७, बिहीबार

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७ औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्यूआर कोड र पस मेसिन हस्तान्तरण गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा।आशा सिंहलाई उक्त समारोहमा बिहिबार क्यूआर कोड र पस मेसिन हस्तान्तरण गरे ।

प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीहरुले नगदको सट्टा विद्युतीय भुक्तानीका साधन क्यूआर कोड र पस मेसिनबाट भुक्तानी गर्न सक्नेछन् ।

सो समारोहमा प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले रक्तसंचार केन्द्र निर्माण गर्न प्रहरी अस्पतालाई सहयोग गरेकोमा आभार व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवा दिन बैंक सधैं तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीहरुले अब नगद बोकेर हिड्न नपर्ने जानकारी गराए ।

प्रकाशित: २६ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया