सामसङको पहिलो त्रैमासको आम्दानी ५८ करोड डलर

  • Technology Khabar | २६ चैत्र २०७७, बिहीबार
सामसङको पहिलो त्रैमासको आम्दानी ५८ करोड डलर

काठमाडौं ।

सामसङको पहिलो त्रैमासको कमाइ ५८ अर्ब २० करोड डलर बराबरको भएको तथ्याङ्क बाहिर आएको छ। ग्यालेक्सी एस२१ सिरिज तथा सामसङका होम अप्लायन्सको अत्यधिक बिक्रीका कारण यो कमाइ सम्भव भएको बुझिएको छ।

यति रकमको कुल कमाइ भएपछि कम्पनीको नाफा ८ अर्ब ३० करोड थपिएको छ जुन सन् २०२० को पहिलो त्रैमासको भन्दा ४४ प्रतिशतले धेरै हो। सामसङका उत्पादन बिक्रीका हिसाबले हेर्दा पनि अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको पाइएको छ।

यसबाहेक यो त्रैमासको नाफामा मोबाइलको तर्फबाट ३ अर्ब ५० करोड र बाँकी टीभी तथा होम अप्लायन्सबाट थपिएको हो।

यो आँकडा प्राथमिक मात्रै भएकाले अन्तिम रिपोर्ट आउँदा रकममा केही थपिने आकलन गर्न सकिन्छ।

प्रकाशित: २६ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार