ह्वाट्सएपले ल्यायो भ्याक्सिन स्टिकर प्याक, कोभिड-१९ खोपको बारेमा जागरूकता फैलाउने

  • Technology Khabar | २६ चैत्र २०७७, बिहीबार
ह्वाट्सएपले ल्यायो भ्याक्सिन स्टिकर प्याक, कोभिड-१९ खोपको बारेमा जागरूकता फैलाउने

काठमाडौं ।

फेसबुकको इन्स्ट्यान्ट मेसेजिङ्ग प्लेटफर्म ह्वाट्सएपले नयाँ स्टीकर प्याक लन्च गरेको छ । जसलाई सबैका लागि खोप (Vaccines for All) भनिएको छ।

यसलाई कम्पनीले कोभिड-१९ खोपको बारेमा जागरूकता फैलाउन र विश्वभरिका स्वास्थ्यकर्मीहरूको प्रयासको सराहनाको रूपमा प्रस्तुत गरेको छ।

ह्वाट्सएपले भन्यो, ‘विश्व स्वास्थ्य संगठनसँग मिलेर व्हाट्सएप एपले सबैका लागि खोप नामको स्टिकर प्याक सुरू गरिरहेको छ। हामी आशावादी छौं कि व्यक्तिहरू एक अर्कासँग यी स्टिकरहरूको माध्यमबाट सम्पर्क गर्न सक्षम हुनेछन्।’

व्हाट्सएपले आफ्नो ब्लगमा बताएअनुसार स्टिकरहरुमार्फत यस कठिन समयमा मान्छेको ज्यान बचाउने हेल्थकेयर हीरोहरुलाई सम्मान देखाउन प्रयोग गर्न सकिन्छ।

यस महामारीको प्रकोप पछि व्हाट्सएपले १५० भन्दा बढी राष्ट्रिय, प्रान्तीय र स्थानीय सरकारहरू र डब्ल्यूएचओ, युनिसेफ जस्ता संस्थाहरूसँग मिलेर २ अर्ब भन्दा बढी प्रयोगकर्ताहरूलाई कोभिड-१९ को लागि हेल्पलाइन सपोर्ट प्रदान गर्न काम गरिसकेको छ जसबाट उनीहरूले सही जानकारी र स्रोत सामाग्रीहरू पाउँछन्।

गत वर्ष, यी ग्लोबल हेल्पलाइनमा ३ अर्ब भन्दा बढी सन्देशहरू पठाइएको थियो।

स्टिकर प्याकले सबैका लागि खोपअन्तरगत २३ बिभिन्न स्टिकरहरू व्हाट्सएपमा ल्याउँदछ, जसलाई डब्ल्यूएचओको साझेदारीमा सिर्जना गरिएको हो।

यो दुबै एन्ड्रोइड र आईओएसमा डाउनलोडको लागि उपलब्ध छ र यसको उद्देश्य भनेको ‘कोभिड १९ खोपको संभावनाको बारेमा मानिसहरूलाई खुशी, राहत र आशा प्रदान गर्ने’ हो।

‘धेरै देशमा मानिसहरु एक अर्कालाई आमनेसामने निकै कम मात्र भेट गर्दछन, तर यो आशा गरिन्छ कि व्हाट्सएपको माध्यमबाट व्यक्तिले आफ्नो चिन्ता, अनुभव र आशा उनीहरूको परिवार र साथीहरुसंग बाँड्न सक्ने छन्,’ व्हाट्सएपले ब्लगमा भनेको छ।

प्रकाशित: २६ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...