चिकित्सा शिक्षामा स्नातक तहको भर्ना शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

  • Technology Khabar | २५ चैत्र २०७७, बुधबार
चिकित्सा शिक्षामा स्नातक तहको भर्ना शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडौं ।

चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत परीक्षाको अनलाइन आवेदन फारम शुल्क खल्ती डिजिटल मोबाइल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिंङ, बीपीएस, बी फर्मा, बी अप्टोमेट्री, बी पीटी, बिएनएस लगायतका शैक्षिक कार्यक्रममा भर्नाका लागि आवेदन आह्वान गरेको छ । ती विषयमा भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुन आयोगको वेबसाइटमा चैत्र ९ गतेदेखि वैशाख १२ गतेसम्म अनलाइनबाटै आवेदन दिन सकिन्छ ।

अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ । खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लग-इन गरेपछि तोकिएको शुल्क भुक्तानी खल्तीबाट गर्न सकिन्छ।

खल्तीमा भुक्तानीपछि चिकित्सा शिक्षा आयोगको वेबसाइटमा गएर ट्रान्ज्याक्सन आइडीको अन्तिमको ६ अंक राखी बाँकी फारम भर्नु पर्ने हुन्छ।

प्रकाशित: २५ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार