इन्जेनुइटी हेलिकप्टरले उडनु अघि मंगल ग्रहका अझै केही चिसा रातहरु काट्नुपर्ने

  • Technology Khabar | २४ चैत्र २०७७, मंगलवार
इन्जेनुइटी हेलिकप्टरले उडनु अघि मंगल ग्रहका अझै केही चिसा रातहरु काट्नुपर्ने

काठमाडौं ।

केही दिनअघि नासाको पर्सिभेरन्स रोभरले मंगल ग्रहको धरातलमा उतारेको मार्स हेलिकप्टर इन्जेनुइटी उड्नका लागि तयारी गरिरहेको छ। नासाले हालै आफ्नो ब्लगमा उडान भर्नुअघि केही दिन हेलिकप्टरले मंगल ग्रहको चिसा रातहरु भोग्नुपर्ने बताएको छ।

उक्त हेलिकप्टको खुट्टा सही ठाउँमा भए पनि यसका घुम्ने ब्लेडहरु भने अझै ठिक तरिकाले खुलेका छैनन्। नासाको जेट प्रोपल्सन ल्याबोरेटरी उक्त ब्लेडहरुलाई आफ्नै स्थानमा ल्याएर उडानका लाथि तयार पार्ने योजना बनाएको छ।

‘यदि यो मिसनको टोलीले योजनाअनुसार नै हेलिकप्टरको ब्लेडलाई ठिक ठाउँमा ल्याउन सकेमा त्यसपछि ब्लेड र त्यसलाई चलाउने मोटरको परीक्षण हुनेछ’, नासाले भनेको छ’, ‘यसबाहेक भित्र रहेका मापन यन्त्र तथा यसलाई स्वतन्त्र रुपमा उडाउनका लागि प्रयोग गरिएका कम्प्युटरहरुको पनि परीक्षण हुनेछ। साथै उक्त टोलीले हेलिकप्टरको उर्जा, सैर्य प्यानल साथै यसमा राखिएका ६ वटा लिथियम आयोन ब्याट्रीको समेत परीक्षण गर्नेछ।’

प्रकाशित: २४ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...