
काठमाडौं ।
अमेजन डट कम इंकले अमेरिकी सभासद मार्क पोकनसमक्ष माफी मागेको छ।
अमेजनका ड्राइभरहरुले कामका बेला शैचालय जाने फुर्सदसम्म नपाउँदा बोतलमा पिसाब गर्नुपरेको उजुरीसम्बन्धमा पहिले अस्वीकार गरे पनि अहिले स्वीकार गर्दै माफी मागेको हो।
ट्राफिक तथा ग्रामीण सडकका कारण ड्राइभरहरुले शोचालय नभेट्ने समस्या भएको हुनसक्छ। अझ कोरोनाका बेला सार्वजनिक शैचालयहरु पनि बन्द हुन्छन्’, कम्पनीले एउटा ब्लगमा लेखेको छ।
अमेजनले पहिले यो कुरा अस्वीकार गर्दै यदि बोतलमै पिसाब फेर्नुपर्ने गरी काम लगाउने कुरा साँचो भैदिएको भए आफ्नो कम्पनीमा कसैले पनि काम नगर्ने बताएको थियो।
‘यो आफ्नै पोस्टमा हानिएको गोल हो, हामी यसका लागि दुखी छैं र सभासद पोकनप्रति क्षमाप्रार्थी छैं,’ अमेजनले आफ्नो ब्लगमा लेखेको छ। साथै उसले आफ्नो यसअघिको जवाफ गोदामका कर्मचारीका हकमा दिएको पनि उल्लेख गरेको छ।
कम्पनीले यो समस्या उद्योगभरी नै रहेको र चाँडै समाधान खोजिने पनि बताएको छ।
प्रकाशित: २२ चैत्र २०७७, आईतवार