
काठमाडौं ।
टेक्न जायन्ट एप्पलले गत बर्ष आईफोन एसई २०२० सुरुवात गरेको थियो र यो श्रृंखलाको यो दोस्रो फोन थियो।
अब कम्पनीले यसको उत्तराधिकारी मोडेल ल्याउने तयारी गरिरहेको छ। हालै आएको रिपोर्टले आगामी आईफोन एसई मोडेलको बारेमा केहि विवरणहरू पत्ता लगाएको छ। टिपस्टर रस यंगले आफ्नो ट्वीटहरू मध्ये एकमा यस फोनको डिस्प्लेको आकार बारे जानकारी दिएका छन्।
रिपोर्टका अनुसार कम्पनीले आईफोन एसईको अर्को मोडलमा डिस्प्लेको आकार परिवर्तन गर्ने छैन। रस यंगका अनुसार कम्पनीले नयाँ आईफोन एसई २०२२ मा ४.७ इन्चको एलसीडी डिस्प्ले प्रदान गर्नेछ, जबकि २०२३ भर्सनमा ६.१ इन्च डिस्प्ले पाउन सकिनेछ। उनले यो पनि दावी गरेका छन् कि आईफोन एसईको २०२३ संस्करणमा पंचहोल डिजाइन पनि दिइनेछ।
एप्पलले आउँदो आईफोन एसईमा ५जी कनेक्टिभिटी पनि प्रदान गर्ने टिपस्टरले आफ्नो ट्वीटमा भनेका छन्।
पछिल्लो पटक मात्र लन्च भएका आईफोन १२ सीरिजका स्मार्टफोनहरू ५जी सपोर्टका साथ आएकाछन्। एजेन्सी
प्रकाशित: २१ चैत्र २०७७, शनिबार