कम आय भएका अमेरिकीले इन्टरनेटमा मासिक ५० डलर छुट पाउने

  • Technology Khabar | २१ चैत्र २०७७, शनिबार
कम आय भएका अमेरिकीले इन्टरनेटमा मासिक ५० डलर छुट पाउने

काठमाडौं ।

अमेरिकाको संघीय सञ्चार आयोग (फेडेरल कम्युनिकेशन्स कमिसन)ले बिहीबार एटी एन्ड टी इंक र कमकास्ट कर्पलगायत ३१९ कम्पनीलाई अस्थायी ३ अर्ब २० करोड डलरको सहायता कार्यक्रमका लागि अनुमोदन गरेको जनाएको छ।

यो कम आय भएका अमेरिकी जनताका लागि मासिक इन्टरनेट शुल्कमा छुट दिन तथा ल्यापटप र कम्प्युटर किन्नका लागि सहयोग गर्ने उद्देश्यले कांग्रेसद्वारा रकम उपलब्ध गराइएको कार्यक्रम हो।

यस कार्यक्रम अन्तर्गत शहरी क्षेत्रका बासिन्दालाई इन्टरनेट सेवाका लागि ५० डलर तथा काँठ तथा दुर्गम क्षेत्रका जनताका लागि ७५ डलरसम्म छुट दिइनेछ।

एफसीसीका निमित्त अध्यक्ष जेसिका रोजनवर्सलले अमेरिकीहरुले छिट्टै यो कार्यक्रममा सहभागिता जनाउने भएकाले आयोगले यी सेवा प्रदायकबाहेक अन्यलाई पनि यस कार्यक्रमका लागि अनुमोदन गर्दै जाने बताइन्।

प्रकाशित: २१ चैत्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार