मंगल ग्रहमा रहेको नासाको इन्जेनुइटी हेलिकप्टरले अप्रिल ११ मा मात्र उडान भर्ने

  • Technology Khabar | २१ चैत्र २०७७, शनिबार
मंगल ग्रहमा रहेको नासाको इन्जेनुइटी हेलिकप्टरले अप्रिल ११ मा मात्र उडान भर्ने

काठमाडौं ।

नासाले इन्जेनुइटी नाम गरेको विशेष हेलिकप्टर मंगल ग्रहमा उडाउने मिति अप्रिल ११ का लागि सारेको छ।

नासाले उक्त हेलिकप्टर गएको फेब्रुअरीमा पर्सिभेरन्स रोभरमा राखेर पठाएको र फेब्रुअरी १८ मा पर्सिभेरन्स रोभर सफलतापूर्वक मंगल ग्रहमा अवतरण गरिसकेको छ। पर्सिभेरन्स रोभरभित्रै रहेको उक्त हेलिकप्टरलाई मंगल ग्रहमा उडाउनका लागि परीक्षण भइरहेको छ।

यो हेलिकप्टरले त्यहाँ योजना अनुरुप उडान भर्न सकेमा ऐतिहासिक हुनेछ। नासाले पहिले यो हेलिकप्टर अप्रिल ८ मा उडाउने योजना बनाए पनि अब भने अप्रिल ११ तारिखभन्दा अगाडि नउडाइने भएको हो।

क्यालिफोर्नियाको पासाडेनामा रहेको नासाको जेट प्रोपल्सन ल्याबोरेटरीले बिहीबार ट्विटरमार्फत् यस्तो जानकारी दिएको हो।

 

प्रकाशित: २१ चैत्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार