नेपाली बजारमा समस्याग्रस्त हुँदै ओपो, मूल्य घटाउन बाध्य

  • Technology Khabar | २० चैत्र २०७७, शुक्रबार
नेपाली बजारमा समस्याग्रस्त हुँदै ओपो, मूल्य घटाउन बाध्य

काठमाडौं ।

ओपोले ए१२ स्मार्टफोनको ३जीबी भर्जनको मूल्य घटाएको छ । पहिले रु. १६ हजार ५ सय ९० मूल्य रहेको उक्त फोन अब १४ हजार ९ सय ९०मा उपलब्ध हुने कम्पनीले जनाएको छ।

कालो र नीलो दुई रंगमा उपलब्ध ओपो ए१२ ३जीबीको डिस्प्ले ६.२२ इञ्चको छ । यसमा १३एमपी क्षमताको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २.०एमपी क्षमताको क्यामेरा जडान गरिएको छ । सेल्फीका लागि ५एमपी क्यामेरा राखिएको छ ।

यसमा मिडियाटेक हेलियो पी३५ चिपसेट तथा ३जीबी र्याम र ३२ जीबी स्टोरेज छ भने ४ हजार २ सय ३०एमएएच क्षमताको ब्याट्री रहेको छ ।

नेपाली बजारमा शाओमी, भिभो लगायतका चिनियाँ फोनहरुसँगको प्रतिस्पर्धामा खरो उत्रन नसकेपछि उसले बाध्य भएर मूल्य घटाउनु परेको हो। उस्तै स्पेसिफिकेशन भएका अन्य कम्पनीका स्मार्टफोनभन्दा बढी मूल्य राखिएकाले पनि प्रतिस्पर्धामा पछाडि पर्दै गइरहेको छ।

प्रकाशित: २० चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार