नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनीको मिति परिवर्तन

  • Technology Khabar | २० चैत्र २०७७, शुक्रबार
नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनीको मिति परिवर्तन

काठमाडौं ।

नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनीको मिति परिवर्तन गरिएको जानकारी
यही चैत्र २७, २८ र २९ गते आयोजना गर्ने भनिएको चौथो नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनीको मिति परिवर्तन भएको छ।

आयोजकले छिमेकी मुलुकहरुमा भइरहेको कोभिडको संक्रमित संख्या बढ्ने क्रममा रहेको हुनाले नेपाल सरकार, स्वास्थ्य मन्त्रालयल तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अनुरोधलाई मध्यनजर गर्दै यस अन्तर्राष्ट्रिय प्रर्दशनीको मिति परिवर्तन गर्न गईरहेको कुरा जानकारी गराएको छ ।

नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको यस अनुरोधले प्रर्दशनीमा भाग लिन आउने स्वदेशी तथा बिदेशी कम्पनीहरु एवं देशका विभिन्न स्थानबाट अवलोकन गर्न आउनुहुने महानुभावहरुलाई पर्न सक्ने स्वास्थ्य एवं आवत जावतमा समस्यालाई मध्यनजर गर्दै य प्रदर्शनीलाई भदौ ११ देखि १३ गतेको लागि मिति परिवर्तन गरिएको जानकारी गराएको छ।

प्रकाशित: २० चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार