असुसले ल्यायो दुई वटा शक्तिशाली ‘रोग’ गेमिङ ल्यापटप

  • Technology Khabar | २० चैत्र २०७७, शुक्रबार
असुसले ल्यायो दुई वटा शक्तिशाली ‘रोग’ गेमिङ ल्यापटप

काठमाडौं ।

असुसले दुई वटा ‘रोग’ गेमिङ ल्यापटप नेपाली बजारमा उतारेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ ल्यापटपमा रोग जेफाइरस डुओ १५ एसई (जीएक्स ५५१ क्यू एस) र रोग स्ट्रिक्स स्कार १५ (जी५३३क्यू एस) रहेका छन्।

कम्पनीले यी दुई ल्यापटपहरुमा सुपर पर्फमेन्स र प्रिमियम लुक्स रहेको र शक्तिशाली गेमिङ ल्यापटप रहेका दावी गरेको छ ।

स्पेसिफिकेसन

सार्वजनिक भएका दुवै गेमिङ ल्यापटपका स्पेसिफिकेशन यस्ता छन्:

रोग जेफाइरस डुओ १५ एसई

रग जेफाइरस डुओ १५ एसई ल्यापटपमा एएमडी रिजेन टीएम९ ५९००एचएक्सप्रोसेसरका साथै ३.३ गिगाहर्जको सीपीयू दिइएको छ । यसबाहेक १५.६ इन्चको ३८४०x२१६० पिक्सेल रेजोल्युशनसहितको फोर के यूएचडी डिस्प्ले उपलब्ध छ ।

योसँगै १२० हर्जको रिफ्रेस रेटका साथमा १४ इन्चको फोरके टच स्क्रिनप्याड प्लस दिइएको यो डिभाइसको मूल्य कम्पनीले ४ लाख ९४ हजार ४४४ रुपैयाँ तोकेको छ।

रोग स्ट्रिक्स स्कार १५

रग स्ट्रिक्स स्कार १५ मा जी फोर्स आरटीएक्स ३०८० ग्राफिक्स छ । यसमा एएमडी रीजेन नाइन ५९०० एचएक्स मोबाइल प्रोसेसर सीपीयू दिइएको छ ।

यसमा २५६०x१४४० पिक्सेल रेजोल्युशन सहितको १५.६ इन्चको डब्लूक्यूएचडी डिस्प्ले छ, जसमा २५६० गुणा १४४० इन्च रेजुलेसनको डिस्प्ले छ । यसबाहेक ३२ जीबीसम्मको डुअल च्यानल डीडीआर-३२ मेगाहर्ज मेमोरी छ ।

नयाँ फ्यान तथा लिक्विड मेटल कुलिङ फिचर रहेको यो गेमिङ ल्यापटपको मूल्य ४ लाख ११ हजार १११ रुपैयाँ तोकिएको छ ।

प्रकाशित: २० चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार