भारतले सेमिकन्डक्टर चिप उत्पादन गर्ने, उत्पादकलाई १ अर्ब डलर सहायता दिँदै सरकार

  • Technology Khabar | २० चैत्र २०७७, शुक्रबार
भारतले सेमिकन्डक्टर चिप उत्पादन गर्ने, उत्पादकलाई १ अर्ब डलर सहायता दिँदै सरकार

काठमाडौं ।

भारतले देशमै सेमिकन्डक्टर चिप उत्पादन गर्ने बुझिएको छ। यसका लागि सरकारले हरेक सेमिकन्डक्टर चिप बनाउने कम्पनीलाई १ अर्ब डलर दिने भएको छ। उक्त रकमको सहायताले स्मार्टफोन एसेम्बल गर्ने कम्पनीहरुका लागि आपूर्ति श्रृङ्खला सशक्त बनाउन भारतमै सेमिकन्डक्टर उत्पादन कारखाना राख्ने सरकारको योजना रहेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इन्डिया अभियानले भारतलाई चीनपछि सन्सारकै सबैभन्दा बढी मोबाइल उत्पादन गर्ने राष्ट्रमा परिणत गरेको भारतीयहरुको दावी छ। यसै सिलसिलामा सेमिकन्डक्टर चिप पनि बनाउने र यसका लागस भारतमा सेमिकन्डक्टर चिपको फ्याब्रिकेशन युनिट लगाउने कम्पनीलाई सरकारले १ अर्ब डलर दिने घोषणा गरेको एक सरकारी उच्च अधिकारीले अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सलाई बताएका छन्।

चीनमाथिको परनिर्भरता हटाउने योजना

गत वर्ष भारतीय सीमामा चीन र भारतका सैनिकबीच विवाद बढेपछि भारत चीनप्रतिको परनिर्भरता हटाउन चाहन्छ। विशेषगरी इलेक्ट्रोनिक्स र दूरसञ्चार क्षेत्रमा भारत देशमै सेवा तथा वस्तुहरु उत्पादन गर्न चाहन्छ।

सीसीटीभीदेखि फाइभजी उपकरण समेत बन्ने

स्रोतका अनुसार यी प्लान्टहरुमा चिप तथा सीसीटीभीदेखि फाइभजी उपकरण समेत बनाइनेछ।

प्रकाशित: २० चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार