माइक्रोसफ्टले एन्ड्रोइड र आई‌ओएसबाट हटायो कोर्टाना, विन्डोज१० मा भने कायमै

  • Technology Khabar | १९ चैत्र २०७७, बिहीबार
माइक्रोसफ्टले एन्ड्रोइड र आई‌ओएसबाट हटायो कोर्टाना, विन्डोज१० मा भने कायमै

काठमाडौं ।

माइक्रोसफ्टले एन्ड्रोइड र आईओएसमा मार्च मसान्तबाट कोर्टाना एप हटाएको छ। गुगल असिस्टेन्ट तथा सिरि र आइरिसको प्रतिस्पर्धाका लागि ल्याइएको माइक्रोसफ्टको यो भ्वाइस असिस्टेन्ट एप विन्डोज१० मा भने चलिरहने कम्पनीले जानकारी दिएको छ।

माइक्रोसफ्टले आफ्नो कोर्टाना सपोर्ट पेजमा उक्त मोबाइल एप बुधबार अर्थात मार्च ३१ तारिखदेखि सपोर्ट नगर्ने बताएको थियो।

अबदेखि मोबाइलमा कोर्टानाका माध्यमबाट हुने लिस्ट तथा रिमाइन्डरहरु उपलब्ध हुनेछैनन्।

मोबाइल एप बन्द भए पनि यी रिमाइन्डर र लिस्टहरु विन्डोज१० को कोर्टाना तथा माइक्रोसफ्टको टू डू एपबाट लिन सकिनेछ।

प्रकाशित: १९ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...