
काठमाडौं ।
कोभिड महामारी शुरू भएदेखि नै इन्टरप्राइज भिडियो कन्फरेन्सको मागलाई ध्यानमा राख्दै गुगलले मिटमा द्रुत गतिमा विभिन्न सुविधाहरु ल्याईरहेको छ।
कम्पनीले व्यक्तिगत जीमेल एकाउन्टलाई निशुल्क रुपमा गुगल मिट चलाउन दिएको छ भने अब गुगलले जुन २०२१ सम्मका लागि लामो समय कल गर्न सकिने सुबिधाको उपलब्धता विस्तार गर्दैछ।
गत मार्चमा, गुगलले भनेअनुसार प्रिमियम ह्याङ्गआउट्स -मिट सुविधाहरू सबै जी सुइट ग्राहकहरूको लागि निःशुल्क हुनेछ । केही क्षमताहरूलाई सशुल्क भुक्तानी गर्ने ग्राहकहरुको स्तरहरूमा सीमित राख्नुको सट्टा सबैलाई उपलब्ध गराएको थियो। यसमा २५० व्यक्तिको मिटिङ्गहरू, आन्तरिक लाइभ स्ट्रिमिङ्ग र ड्राइभमा कल रेकर्डिङ्ग फिचरहरू समावेश गर्दछ।
We’re continuing unlimited #GoogleMeet calls (up to 24 hours) in the free version through June 2021 for Gmail accounts → https://t.co/fqBTmoNPBW pic.twitter.com/Ax0fmbRvqr
— Google Workspace (@GoogleWorkspace) March 30, 2021
जब मिट नियमित प्रयोगकर्ताहरूका लागि निशुल्क गएको थियो र एक महिना पछि जिमेलसँग एकीकृत गरियो, त्यसबेला गुगलले भने अनुसार सेप्टेम्बर ३० सम्ममा ६० मिनेटको समय सीमा लागू गरेको थिएन। हाल त्यो मितिलाई सारेर मार्च ३१, २०२१ सम्म विस्तार गरिएको थियो।
यसलाई थप बिस्तार गर्दै गुगलले मिटको निशुल्क जिमेल संस्करणलाई आगामी जून ३० सम्म जारी राख्नेछ। यसको अर्थ अब तपाईँले आगामी जून ३० तारिखसम्म आफ्नो जिमेल एकाउन्टबाट सित्तैमा गुगल मिटको भिडियो कल सेवा २४ सै घण्टा प्रयोग गर्न सक्नुहुनेछ।
प्रकाशित: १९ चैत्र २०७७, बिहीबार