आईफोन १२ को माग यस वर्षको पहिलो ६ महिनामा सर्वाधिक हुने

  • Technology Khabar | १९ चैत्र २०७७, बिहीबार
आईफोन १२ को माग यस वर्षको पहिलो ६ महिनामा सर्वाधिक हुने

काठमाडौं ।

फक्सकनका अनुसार आईफोन १२ को माग यस वर्षको पहिलो ६ महिनामा सर्वाधिक रहने भएको छ।

फक्सकनका अध्यक्ष यङ लिउका अनुसार सबै उत्पादनका बिक्री पहिलो त्रैमासमा बढेको र कम्पनी आउँदा तीन त्रैमासको अवस्थाका बारेमा सचेतरुपमा आशावादी रहेको छ।

यसका आधारमा ब्लूमबर्गले आईफोन १२ को बिक्री आगामी जुन महिनासम्ममा कम्तीमा १ करोड थानभन्दा माथि बिक्री हुने प्रक्षेपण गरेको छ। फक्सकनको पहिलो त्रैमासको कमाइ एप्पलका नयाँ स्मार्टफोनहरुका कारण बढेको र यसका कम्प्युटरहरुको माग पनि उच्च रहेको बताइएको छ।

कम्पनीको राजस्व गत वर्षको अन्तिम त्रैमासमा १५ प्रतिशतले बढेर २० खर्ब डलर पुग्नुमा ढिलागरी सार्वजनिक भएका एप्पलका स्मार्टफोनहरुको उच्च माग मुख्य कारण रहेको बताइएको छ।

यसबारेमा ब्लूमबर्ग इन्टेलिजेन्सले भनेको छ, ‘महंगा आईफोन मोडेलहरुको माग तथा घरबाटै काम गर्ने र पढ्ने प्रवृत्ति बढेकाले गत वर्षको पहिलो त्रैमासमा ३० प्रतिशत सम्म बिक्री बढेको थियो। यसैबीच आईफोनको ढिलोगरी भएको सार्वजनिकीकरणले मासिक बिक्री दोहोरो अंकमा पुर्याएको थियो।’

कम्पनीले अघिल्लो वर्षको तुलनामा यो वर्षको फेब्रुअरीमा ८४.८ प्रतिशतले बढेको जनाएको छ।

फक्सकनले आईफोनका कच्चा पदार्थहरुको कमी सन् २०२२ सम्म पनि रहिरहने कुराको अनुगमन गरिरहेको अध्यक्ष लिउले बताए।

प्रकाशित: १९ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १९ चैत्र २०७७, बिहीबार