एमआईका नोटबुक प्रो १५ र नोटबुक प्रो १४ ल्यापटप सार्वजनिक

Technology Khabar १८ चैत्र २०७७, बुधबार

काठमाडौं ।

एमआईका नोटबुक प्रो १५ र नोटबुक प्रो १४ मोडेलका ल्यापटपहरु मंगलबार चिनियाँ बजारमा सार्वजनिक गरिएका छन्। यी दुवैमा इन्टेलको ११ जेनेरेशन टाइगर लेक सीपीयू तथा एनभिडिया जीफोर्स ग्राफिक्स दिइएको छ।

यीमध्ये एमआई नोटबुक प्रो १५ मा ओएलईडी डिस्प्ले दिइएको छ भने एमआई नोटबुक प्रो १४ मा उच्च रिफ्रेश रेटसहितको एलसीडी डिस्प्ले उपलब्ध छ।

४ ओटा थन्डरबोल्ट पोर्ट रहेका यी ल्यापटपहरु थुप्रै कन्फिगरेशनमा उपलब्ध भए पनि रंग भने एउटै छ-सिल्भर।

मूल्यका हिसाबले कोर आई५ सीपीयू,  १६ जीबी र्याम, ५१२ जीबी स्टोरेज र इन्टेलको आइरिस एक्सइ ग्राफिक्ससहितको एमआई नोटबुक प्रो १५ को मूल्य ९९१ डलर तोकिएको छ भने यसैमा एनभिडिया जीफोर्सको डेडिकेटेड एमएक्स४५० जीपीयूसहितको भने १०६८ डलर पर्न आउँछ। यसैलाई कोर आई७ तथा डेडिकेटेड जीपीयू राखिएमा यो मूल्य १२२० डलरसम्म पुग्छ।

यसैगरी नोटबुक प्रो १४ को मूल्य कन्फिगरेशन अनुसार ८०८ डलर, ९१५ डलर तथा १०६८ डलरसम्म पर्न आउँछन्।

प्रकाशित: १८ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया