स्पेसएक्सको ऐतिहासिक अन्तरिक्षयात्राका लागि ४ सर्वसाधारणको टुंगो, को को परे?

  • Technology Khabar | १८ चैत्र २०७७, बुधबार
स्पेसएक्सको ऐतिहासिक अन्तरिक्षयात्राका लागि ४ सर्वसाधारणको टुंगो, को को परे?

काठमाडौं ।

स्पेसएक्सले घोषणा गरेको आफ्नो पहिलो सर्वसाधारणयुक्त अन्तरिक्ष यात्राका लागि मंगलबार अन्ति दुई जना यात्रु छनोट गरेको छ।

यस यात्रामा सर्वसाधारणका तर्फबाट ४ जना छनोट हुने भनिएकामा दुई जना पहिले नै छानिएको र मंगलबार छनोटमा पर्नेमा कलेजका विज्ञान प्राध्यापक तथा अर्को एङ्क जना एरोस्पेश तथ्याङक विश्लेषक रहेका बुझिएको छ।

मंगलबार छानिएका दुई यात्रुहरुलाई स्पेसएक्सको मानव अन्तरिक्षयात्राका प्रमुख बेञ्जी रीड तथा अर्बपति व्यवसायी ज्यारेड आइज्याकम्यानले फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट लाइभस्ट्रिम गरेको प्रेस ब्रिफिङमार्फत परिचय गराइएको थियो।

ई कमर्स फर्म शिफ्टफोर पेमेन्ट्सका सीईओ आइज्यकम्यानले एलन मस्कसँग मिलेर आफूर अन्य तीनजनासहितको  टोलीको अन्तरिक्ष यात्राका लागि ठूलो धनराशी खर्चिएका छन्। यो यात्रा छिटोमा सेप्टेम्बर १५ पछि हुने र ३ देखि ४ दिनमा पृथ्वीमा फर्किने योजना रहेको बुझिएको छ।

‘यो मिसन सफल भएपछि मानिसहरुले साधारण मानिसहरु पनि अन्तरिक्षमा पुग्न सक्दारहेछन् भन्नेछन्’, ३८ वर्षीय अर्बपति आइज्याकम्यानले भने।

यस यात्राका चार सहभागीमा आइज्याकम्यानले आफूसँग अन्तरिक्षमा जानका लागि पहिलो छनोटमा उनैले खोलेको सेन्ट ज्युड हस्पिटलका फिजिसियनका सहयोगी २९ वर्षीय ह्याले आर्सिनक्सलाई छानेका थिए जो हड्डीको क्यान्सर भएर निको भएका व्यक्ति हुन्।

त्यसबाहेक मंगलबार छानिएकामा सियाटल क्षेत्रका एरोस्पेस उद्योगका कर्मचारी तथा वरिष्ठ अमेरिकी वायुसैनिक ४१ वर्षीय क्रिश सेम्ब्रोस्की तथा फिनिक्स राज्यमा रहेको साउथ माउन्टेन कम्युनिटी कलेजका ५१ वर्षीय भू-विज्ञानका प्राध्यापक सियान प्रक्टर हुन्। सियान कुनै बेला नासाको अन्तरिक्षयात्रीका उम्मेदवार पनि रहेकी थिइन्।

यी चारैजना नासाका अन्तरिक्षयात्रीले स्पेसएक्सका लागि प्रयोग गर्ने पाठ्यक्रमअनुसार कडा तालिम गर्नेछन्।

प्रकाशित: १८ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार