ग्यालेक्सी एस२१ कोरियामा १० लाख थान बिक्री

  • Technology Khabar | १८ चैत्र २०७७, बुधबार
ग्यालेक्सी एस२१ कोरियामा १० लाख थान बिक्री

काठमाडौं ।

सामसङको ग्यालेक्सी एस२१ सार्वजनिक भएको दुई महिनाभित्रै कोरियामा १० लाख थान बिक्री भएको छ।

ग्यालेक्सी एस२१ ले १० लाख थान बिक्री गर्न लगाएको ५७ दिन गत वर्ष ग्यालेक्सी एस२० ले लिएको समयभन्दा १ महिना थोरै हो भने सन् २०१९ मा ग्यालेक्सी एस१० सिरिजले लिएको भन्दा १० दिन थोरै हो।

१० लाख थानमध्ये ५२ प्रतिशत अर्थात ५ लाख थानभन्दा बढी ग्यालेक्सी एस२१ को सबैभन्दा सानो भर्जन बिक्री भएको हो। त्यसपछि ग्यालेक्सी एस२१ अल्ट्रा २७ प्रतिशत र ग्यालेक्सी एस२१+ भने २१ प्रतिशत बिक्री भएका थिए।

बिक्री भएका ग्यालेक्सी एस२१ मध्ये २० प्रतिशत अनलक्ड भर्जन र ६० प्रतिशत भने अनलाइनमार्फत खरिद गरिएका थिए।

यस वर्ष सामसङले ग्यालेक्सी एस२१ सिरिज पहिले झैं फेब्रुअरीको सट्टा ग्यालेक्सी एस२१  जस्तै जनवरीमा सार्वजनिक गरेको थियो। साथै कम्पनीले ग्यालेक्सी एस२१ को मूल्य ग्यालेक्सी एस२० को भन्दा कम राखेको थियोऽ गत वर्ष आएको ग्यालेक्सी एस२० को मूल्य ९३० यूरो राखिएकोमा ग्यालेक्सी एस२१ को मूल्य ७५० यूरो मात्र तोकिएको थियो।

प्रकाशित: १८ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार