वालेट कम्पनीहरुले ग्राहकहरुको कारोबार डाटा गोप्य र सुरक्षित राख्नुपर्ने

  • Technology Khabar | १७ चैत्र २०७७, मंगलवार
वालेट कम्पनीहरुले ग्राहकहरुको कारोबार डाटा गोप्य र सुरक्षित राख्नुपर्ने

काठमाडौं ।

भुक्तानी सम्बन्धी कार्य गर्ने सेवा प्रदायकहरुले आफ्ना ग्राहकहरुको कारोबार डाटा गोप्य र सुरक्षित राख्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले हालै भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहले पालना गर्नुपर्ने ग्राहक हित संरक्षण सम्बन्धि निर्देशन जारी गर्दै ग्राहकहरुको डाटा सुरक्षित र गोप्य राख्नुपर्ने प्रावधान लागु गरेको छ ।

आज जारी गरेको निर्देशनअनुसार भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुले ग्राहकहरुलाई सम्मानजनक व्यवहार गर्नुपर्ने तथा उनीहरुको गुनासो सम्बोधन गरिनुपर्ने भन्दै सबै संस्थाहरुले ग्राहकहरुसँग कारोबारको सिलसिलामा लिने व्यक्तिगत बिबरणहरु कुन प्रायोजनको लागि लिईएको हो भन्ने जानकारी दिनुपर्ने प्रावधान राखेको छ ।

यसैगरि संस्थाहरुको तर्फबाट भएको हानी नोक्सानीमा ग्राहकहरुलाई क्षतिपूर्ति समेत भराउने व्यवस्था राखिएको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार ग्राहकहरुको गुनासो सुन्नका लागि हटलाइटका साथै छुट्टै पोर्टल बनाउनुपर्ने तथा टोल फ्रि नम्बर राख्नुपर्ने, कसैलाई भेदभाव गर्न नहुने, नेपाली भाषामा जानकारी दिनुपर्ने तथा ग्राहकहरुको वालेट सक्रिय वा निष्क्रिय कस्तो अवस्थामा छ भन्ने जानकारी दिनुपर्ने छ ।

यस्तो छ निर्देशन-

Customer-Right-Protection

प्रकाशित: १७ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s Long March-8A rocket launches internet satellites

  • Technology Khabar
  • १७ चैत्र २०७७, मंगलवार