
काठमाडौं ।
वैदेशिक रोजगारमा पठाईदिने भनि सामाजिक सञ्जालको माध्यम प्रयोग गरेर ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको लमही घर भएका सरोज अधिकारी भन्ने शिशिर बस्नेत छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । ललितपुरको कुमारीपाटीमा ‘हाई सक्सेस म्यानेजमेन्ट ग्रुप प्रालि’ नामको कम्पनी खोलेर शिशिर बस्नेत, सुमित कुमार एपाध्याय र धादिङका समिर तामाङ समेतको समूहले विदेश पठाउने भन्दै मानिसहरुलाई ठग्ने गरेका थिए ।
उनीहरुले फेसबुक लगायतबाट सिंगापुर, पोर्चुगल र हंगेरी पठाउने आशा देखाउने र ५ हजार रुपैयाँ शुल्क लिएर फर्म भर्न लगाउनेगरेका थिए ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बस्नेतको समूहले ७२ लाख ३२ हजार ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनीविरुद्ध ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको छ भने ठगीमा संलग्न अन्य आरोपीहरु फरार रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १७ चैत्र २०७७, मंगलवार