काठमाडौं ।
राइड शेयरिङ्ग प्लेटफर्म पठाओले आफ्ना यात्रुहरुलाई घरभित्रै बस्न भनेको छ । दुईपाँग्रे तथा पठाओ ट्याक्सीमार्फत सेवा दिईरहेको बंगलादेशी कम्पनीले आफ्ना यात्रुहरुलाई अहिलेको प्रदुषित वातावरणको अवस्थामा घरभित्रै बस्न सल्लाह दिएको हो ।
कम्पनीले हालै आफ्नो ट्विटर एकाउन्टमार्फत हाल बाहिर वायु प्रदुषणको अवस्था खतराजन्य भएको भन्दै अनावश्यकरुपमा यात्रा नगर्न सुझाब दिएको हो ।
‘बाहिर वातावरण खतराजन्य लेभलमा पुगेको छ त्यसैले हरेकले अत्यावश्यक भएमा मात्र बाहिर यात्रा गर्नुस् बाहिर जाँदासमेत अनिर्वाय मास्क लगाउनुस्,’ कम्पनीले भनेको छ।
With the country shrouded in smog and the Air Quality Index dropping to dangerous levels, we advise everyone to stay indoors and go outside only in case of emergencies. And while you go out, do use a mask compulsorily! ????
Stay safe everyone!#StaySafe #Pathao #Nepal
— Pathao App (@NepalPathao) March 30, 2021
केहि दिनअघि पठाओले आफ्ना राइडरहरुलाई सुरक्षाका कारण कम्पनीको लोगो भएको कपडाहरु लगाउन प्रतिबन्ध लगाएको थियो भने कम्पनीले एक दिन सेवा समेत बन्द गरेको थियो ।
प्रकाशित: १७ चैत्र २०७७, मंगलवार