आईप्याडको खराबीले भएको आगलागीबाट घर जलेको भन्दै एप्पल विरुद्ध मुद्दा

  • Technology Khabar | १७ चैत्र २०७७, मंगलवार
आईप्याडको खराबीले भएको आगलागीबाट घर जलेको भन्दै एप्पल विरुद्ध मुद्दा

काठमाडौं ।

एप्पलले दोषपूर्ण आईप्याड बिक्री गरेको भन्दै कम्पनीका विरुद्धमा मुद्दा दायर भएको छ । आईप्याडमार्फत आगलागी भएर घर जलेको भन्दै एप्पलको विरुद्धमा मुद्दा हालिएको हो।

मुद्दा कानूनी फर्म डी लुका लेभिनद्वारा मुद्दा दायर गरिएको थियो।

फोनएरेनाको रिपोर्टका अनुसार, यो घटना अमेरिकाको मिलफोर्डको माकालुसो निवासीको हो। उनको बीमा कम्पनी, अलस्टेट इन्स्यूरेन्सले आगलागीद्धारा भएको क्षति बापत मर्मतको लागी सम्पूर्ण खर्च बेहोरेको थियो । जसमा लगभग १,४२,००० अमेरिकी डलर खर्च भयो।

डी लुका लेभिनले बीमा फर्मको प्रतिनिधित्व गर्दै बीमाकर्ताको भुक्तानी प्रतिपूर्ति गर्नको लागि कुपर्टिनो आधारित टेक जायन्टलाई मुद्दा दायर गरेको छ। मुद्दाले आरोप लगायो कि आगलागी एप्पल आईप्याडको बिद्युत र ब्याट्री प्रणालीको खराबीको कारण भएको हो।

यसबाहेक, सो मुद्दाको कागतपत्रमा भनिएको छ, ‘म्याकालुसले एप्पलको अभिप्रायसहित ह्यान्डलिङ र अपरेसन भन्दा पछाडि उसको आईप्याडको दुरुपयोग वा परिवर्तन गरेको छैन।’

फर्मले आईफोन निर्मातालाई एक दोषपूर्ण उत्पादन बेचेको दोषारोपण गर्यो। यस महिनाको शुरूमा पेन्सिल्भेनिया, फिलाडेल्फिया काउन्टीको कमन प्ली अफ कोर्टमा मुद्दा दायर गरिएको थियो र यस हप्ता सो मुद्दालाई फेडरल जिल्ला अदालतमा सारियो ।

प्रकाशित: १७ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार