शाओमीको एमआई ११ लाइट फाइभजी स्मार्टफोन सार्वजनिक

Technology Khabar १७ चैत्र २०७७, मंगलवार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले सोमबार एमआई ११ लाइट र एमआई ११ अल्ट्रा स्मार्टफोन सार्वजनिक गरेको छ।

सोमबार एक अनलाइन कन्फ्रेन्समार्फत उक्त फोन सार्वजनिक तथा आउँदै गरेको फ्ल्यागशिप स्मार्टफोन एमआई ११ अल्ट्रालगायत थुप्रै डिभाइसहरुको घोषणा पनि गरिएको थियो।

सार्वजनिक भएको एमआई ११ लाइट उच्च मध्यमस्तरको स्मार्टफोन हो भने यसमा क्वालकम स्न्यापड्रागन ७८०जी प्रोसेसर दिइएको छ। ७८०जी प्रोसेसर ५एनएन प्रोसेसमा बनेको ७०० सिरिजको पहिलो चिपसेट हो भने यसलाई एड्रेनो ६४२ जीपीयू सँग समन्वय गराइएको छ।

यसैगरी यसमा ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज दिइएको छ भने एसडी कार्डका मद्दतले ५१२ जीबीसम्म बढाउन सकिन्छ।

यसमा ९० हर्ज रिफ्रेश रेटसहितको ६.५ इन्च फुलएचडी प्लस एमोलेड डिस्प्ले दिइएको छ। यसको पछाडिपट्टि ६४ मेगापिक्सेलको मुख्य क्यामरासहित ८ मेगापिक्सेलको अल्ट्रावाइड र ५ मेगापिक्सेलको म्याक्रो लेन्स दिइएको छ। यस्तै सेल्फीका लागि २० मेगापिक्सेलको पञ्चहोल क्यामरा राखिएको छ।

३३ वाट फास्ट चार्जिङ सपोर्टसहितको ४२५० एमएएच क्षमताको ब्याट्री रहेको यो स्मार्टफोनले ५जी सपोर्ट गर्ने बताइएको छ।

एमआई ११ लाइट नीलो कालो पहेँलो गुलाबी हरियो र सेतो गरी ६ रंगमा उपलब्ध छ भने यसको मूल्य स्टोरेज क्षमताका हिसाबले फरक फरक रहेको छ।

एमआई ११ लाइट फाइभजी ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको ३५० डलर तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको ३९५ डलर तोकिएको छ।

प्रकाशित: १७ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

New computer laboratory for Gyanodaya

१७ चैत्र २०७७, मंगलवार

‘End of an era’: MTV pulling plug on global music channels

१७ चैत्र २०७७, मंगलवार

AI training for trekking agencies begins

१७ चैत्र २०७७, मंगलवार