रेडमीको गेमिङ फोन शोल्डर बटनसहित आउने

  • Technology Khabar | १६ चैत्र २०७७, सोमबार
रेडमीको गेमिङ फोन शोल्डर बटनसहित आउने

काठमाडौं ।

रेडमीका महाप्रबन्धकले २ महिनाअघि कम्पनीको आगामी गेमिङ फोनको सामान्य झलक प्रस्तुत गरेका थिए। त्यसपछि यसका बारेमा खासै नयाँ जानकारीहरु दिएका थिएनन्।

तर हालै चर्चित विबो युजर डिजिटल च्याट स्टेशनले यस गेमिङ फोनका बारेमा केही महत्वपूर्ण जानकारीहरुको खुलासा गरेका छन्।

उनले खुलासा गरेको जानकारी अनुसार यस फोनमा ओएलईडी डिस्प्लेमा एउटा सानो पन्चहोल हुनेछ। सेल्फी क्यामराका लागि दिइएको यो पन्चहोल झट्ट हेर्दा एमआई ११ र रेडमी के४० को जस्तै देखिन्छ।

यसमा प्रयोग भएको रेजोल्युशनका लगि फोनमा १२०० डाइमेन्सिटी भएको चिपसेट दिइनेछ भने यसलाई पावर दिनका लागि ५००० एमएएच क्षमताको ब्याट्री पनि दिइनेछ।

यसका साथै यस फोनमा ६५ वाटको फास्ट चार्जिङ सपोर्ट रहनेछ भने यसमार्फत् फोन बडीमा ३० मिनटमा फुल चार्ज हुने कम्पनीको दावी छ।

गेमिङ फोन भएकाले गेम खेल्न सजिलो होस् भन्ने उद्देश्यले यसमा शोल्डर बटन पनि राखिने बुझिएको छ।

विबोका ती प्रयोगकर्ताका अनुसार उक्त फोनको मूल्य ३०० देखि ३८० डलरसम्म रहनेछ। मूल्य र फिचरका हिसाबले हेर्दा यो फोन सस्तो गेमिङ फोनका रुपमा उपलब्ध हुने आकलन गर्न सकिन्छ।

प्रकाशित: १६ चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...