विद्युतीय राहदानी जारी हुँदै, एमआरपी राहदानी नबनाउन आग्रह

  • Technology Khabar | १६ चैत्र २०७७, सोमबार
विद्युतीय राहदानी जारी हुँदै, एमआरपी राहदानी नबनाउन आग्रह

काठमाडौं ।

राहदानी विभागले अत्यावश्यक बाहेक नयाँ राहदानी नबनाउन अनुरोध गरेको छ ।

विभागले छिट्टै गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी हुने भएकाले मेसिन रिडेबल राहदानी (एमआरपी) राहदानी नबनाउन आग्रह गरेको हो ।

विभागले तत्काल विदेश जान आवश्यक नपरेपनि राहदानीको बहाल अवधि सकिन लागेको कारण नविकरण गरेको पाइएकाले उक्त कार्य नगर्न भनेको छ । राहदानी चालक अनुमतिपत्र जस्तै बहाल अवधि हुँदै नवीकरण गर्नु नपर्ने विभागले जनाएको छ ।

नवीकरण नभई नयाँ नै बनाउनु पर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको जुनसुकै बखत बनाउन सकिने विभागले जानकारी गराएको छ ।

प्रकाशित: १६ चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...