यस्तो छ वनप्लसको पहिलो स्मार्टवाचका विशेषताहरु

  • Technology Khabar | १५ चैत्र २०७७, आईतवार
यस्तो छ वनप्लसको पहिलो स्मार्टवाचका विशेषताहरु

काठमाडौं ।

वनप्लसले आफ्नो पहिलो पटक स्मार्टवाच लन्च गरेको छ। स्मार्ट वेयरेबल खण्डमा यो वनप्लसको पहिलो घडी हो ।

यस वाचको सुविधाहरूको बारेमा कुरा गर्दा यसमा १.३९ इन्चको एचडी एमोलेड  डिस्प्ले छ, जसको स्क्रीन रिजोलुसन ४५४ x ४५४  पिक्सेल छ।

यसको डिस्प्लेले यसलाई अझ विशेष बनाउँदछ। जसमा २.५ डी ग्लास कर्भ्ड डिजाइनसहित छ, यसमा ३२६ पीपीआई पिक्सेल घनत्व छ। यो घडी राउन्ड डायल आकारमा ४४ एमएम आकारको छ।

कम्पनीका अनुसार वनप्लस वाचमा ४०२ एमएएच ब्याट्री जडान गरिएको छ र यसका बारे कम्पनीले दाबी गरेअनुसार यो एकल चार्जमा १४ दिनसम्म प्रयोग गर्न सकिन्छ। एकै साथ वनप्लस वाचमा ४ जीबी भण्डारण दिइएको छ।

यो वाचलाई दुई रंगमा शुरू गरीएको छ। मिडनाइट ब्ल्याक र मूनलाइट सिल्वर रंग विकल्पहरू दिइएका छन्। वनप्लस वाचमा जीपीएस जडानको साथमा धेरै विशेष फिचरहरू छन्।

चार्ज टेक्नोलोजीको बारेमा कुरा गर्दा वनप्लस वाचलाई  र्याप (Wrap) फास्ट चार्जिंगको साथमा प्रस्तुत गरिएको छ। यसका अनुसार २० मिनेटमा नै यसलाई पूर्ण चार्ज गर्न सकिन्छ। योसँग गुगल वेयर ओएस सपोर्ट पनि छ। साथै, १०० भन्दा बढी स्पोर्टस मोडहरू दिइएका छन्। ब्लड अक्सिजन मोनिटर, मुटुको दर मोनिटर, स्लीप मोनिटर, तनाव मोनिटर लगायतका अन्य सुविधाहरू यसमा राखिएको छ ।

कम्पनीले यसको बजार मूल्य १५९ अमेरिकी डलर तोकेको छ । एजेन्सी

प्रकाशित: १५ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • १५ चैत्र २०७७, आईतवार