एचएमडी ग्लोबलका चीफ प्रोडक्ट अफिसर सार्विकास कम्पनीबाट बाहिरिने

  • Technology Khabar | १५ चैत्र २०७७, आईतवार
एचएमडी ग्लोबलका चीफ प्रोडक्ट अफिसर सार्विकास कम्पनीबाट बाहिरिने

काठमाडौं ।

नोकियाको फोन बनाउने एचएमडी ग्लोबलका चीफ प्रोडक्ट अफिसर जुहो सार्विकासले कम्पनीबाट बाहिरिने घोषणा गरेका छन्।

सर्विकास १५ बर्षदेखि नोकिया र एचएमडीसँग सम्बद्ध थिए र उनी २०२० मा एचएमडीको उत्तर अमेरिका व्यवसायको उपाध्यक्षको रूपमा नियुक्त भएका थिए, जहाँ उनी क्यारियर र इकोसिस्टम पार्टनरहरूसँग सम्बन्ध विकास गर्न र नोकियाको उत्पादन लाइन विस्तारका लागि जिम्मेवार थिए।

सर्विकासले आफ्नो भावी योजनाहरु अहिलेसम्म प्रकट गरेका छैनन्, र यो स्पष्ट छैन कि उनी एचएमडीको अप्रिल ८ को कार्यक्रममा नयाँ नोकिया स्मार्टफोनहरू पेश गर्ने कार्यक्रममा उपस्थित हुन्छन कि हुँदैनन्।

उनले ट्विटरमार्फत कम्पनी छोड्ने आफ्नो घोषणा गरेका छन् । जहाँ कम्पनीमा हुँदा संयुक्तरुपमा गरेका कार्यहरुमा र उपलब्धीमा खुशी व्यक्त गरेका छन् ।

यहि अप्रिल ८ मा एचएमडीले नयाँ फोनहरु जी१० एक्स १० र एक्स २० सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १५ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार