फेसबुकले आफ्नो क्यालिफोर्निया स्थित मुख्यालय मे १० तारिखदेखि खुला गर्ने

  • Technology Khabar | १४ चैत्र २०७७, शनिबार
फेसबुकले आफ्नो क्यालिफोर्निया स्थित मुख्यालय मे १० तारिखदेखि खुला गर्ने

काठमाडौं ।

फेसबुक इंकले कोभिड १९ को स्थिति सुधार हुन शुरू गरेमा उसले १० मेदेखि आफ्नो क्यालिफोर्नियाको मुख्यालय मेनलो पार्क पुनः खोल्ने योजना बनाएको छ।

कम्पनीले पहिलो चरणमा मे १० तारिखदेखि १० प्रतिशत कर्मचारीहरु उपस्थित हुनेगरि कार्यालय खोल्ने योजना गरेको शुक्रबार बताएको हो।

गत बर्षको लकडाउनको क्रममा फेसबुकसहित टेक कम्पनीहरूले घरबाटै काम गराउनेमा सबैभन्दा अगाडी थिए र आफ्ना कर्मचारीहरूको लागि नियमित रूपमा वर्क फ्रम होमको लागि स्वतन्त्रता विस्तार गरिसकेका छन्।

सामाजिक मिडिया कम्पनीले फ्रेमन्ट र सन्नीवेलमा पनि आफ्ना कार्यालयहरू क्रमशः मे १७ र मे २४ मा १० प्रतिशत क्षमतामा पुनः खोल्ने योजना गरेको छ भने सान फ्रान्सिस्कोको कार्यालय जून ७ मा पुनः खुल्नेछ।

राइड-सेयरिंग फर्म उबर टेक्नोलोजी इंकले बिहीबार आफ्नो मिसन बे, सान फ्रान्सिस्कोमा २५ प्रतिशत कर्मचारी क्षमतासहित मार्च २९ मा कार्यालय खोल्दै आफ्नो स्टाफलाई ‘स्वैच्छिक आधारमा’ काममा फर्कनका लागि विकल्प उपलब्ध गराउने योजना रहेको बतायो। रोयटर्स

प्रकाशित: १४ चैत्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride hosts road safety orientation program

  • Technology Khabar
  • १४ चैत्र २०७७, शनिबार