माछापुच्छ्रे बैंकको एमबिएल स्मार्ट डलर कार्ड, विदेशी इकमर्स साइटमा अनलाइन भुक्तानी गर्न सकिने

  • Technology Khabar | १३ चैत्र २०७७, शुक्रबार
माछापुच्छ्रे बैंकको एमबिएल स्मार्ट डलर कार्ड, विदेशी इकमर्स साइटमा अनलाइन भुक्तानी गर्न सकिने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्र अनुसार माछापुच्छ्रे बैंकले एमबिएल स्मार्ट डलर कार्ड संचालनमा ल्याएको छ ।

माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले उक्त कार्ड मार्फत भारतबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइट मार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

आफने कार्ड मार्फत ग्राहकले एकै पटक वा पटक पटक गरि एक बर्षमा अमेरिकी डलर ५०० बराबरको कारोबार गर्न सक्ने बैंकले जनाएको छ।

प्रकाशित: १३ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...