ह्वाट्सएपको नयाँ गोपनीयता नीतिको समीक्षा हुँदै, भारतले रोक लगाउन सक्ने

  • Technology Khabar | १३ चैत्र २०७७, शुक्रबार
ह्वाट्सएपको नयाँ गोपनीयता नीतिको समीक्षा हुँदै, भारतले रोक लगाउन सक्ने

काठमाडौं ।

व्हाट्सएपको नयाँ गोपनीयता नीतिमा रोक लाग्नसक्ने सम्भावना बढेर गएको छ। कम्पिटिशन कमिशन अफ इन्डिया सीसीआईले व्हाट्सएपको नयाँ गोपनीयता नीति तथा सेव शर्तहरुको विस्तृत जाँच गर्ने आदेश जारी गरेको छ।

कमिसनले व्हाट्सएपले शोषणकारी तथा भेदभावपूर्ण तरिकामार्फत्  ऐनको धारा ४ को प्रावधानको उल्लङ्घन गरेको बताएको छ। यसैले यसबारेमा विस्तृत जाँच हुनु आवश्यक भएको र यसको जाँच सीसीआईले गर्ने पनि उल्लेख गरेको छ।

कमिसनले व्हाट्सएपको नयाँ नीतिमाथि सुनुवाइ गर्दै भारतमा कुनै प्रतिस्पर्धी नभएका कारण कम्पनीले युजरहरुलाई उनीहरुले चाहेजस्तो अप्शन दिन नचाहेको बताएको छ। कम्पनीलाई युजर गुमाउनुपर्ने डर नभएकोले यस्तो गरिएको उसको बुझाइ छ।

यसबाहेक कमिसनले नीतिमा कम्पनीले कस्तो डाटा प्राप्त गर्छ र त्यसले के असर पार्छ भन्ने कुरा नखुलाइएको आरोप पनि लगाएको छ।

यसका बारेमा पत्ता लगाउन पुरै जाँच हुनु आवश्यक रहेको बताइएको छ। यस सम्बन्धमा व्हाट्सएपका प्रवक्ताले भने सीसीआईसँग छलफल गर्ने बताएका छन्। उनले कम्पनीका लागि युजरहरुको व्यक्तिगत कुराकानीको इन्ड टु इन्ड इन्क्रिप्शन तथा पारदर्शित सबैभन्दा महत्वपूर्ण रहेको विचार व्यक्त गरे।

६० दिनमा जाँचको रिपोर्ट  दिनु पर्ने

व्हाट्सएपको यो गोपनीयता नीतिको जाँच सीसीआईका महानिर्देशकले गर्ने र ६० दिनभित्र यसको रिपोर्ट बुझाउनुपर्ने म्याद दिइएको छ।

व्हाट्सपले फेब्रुअरी २५ मा यसबारे आफ्नो जवाफ गोपनीय र अगोपनीय गरी दुई भागमा पेश गरेको छ। गोपनीयताबारेको जाँच पनि सीसीआईका महानिर्देशकले नै गर्नेछन्।

व्हाट्सएपले गोपनीयता नीति मातहत युजरहरुलाई नयाँ नीति स्विकार नगरेमा एप डिलिट गर्नुपर्ने बताएको थियो। कम्पनीले गोपनीयता नीति स्वीकार नगर्ने युजरहरुको एकाउन्ट फेब्रुअरी ८ पछि बन्द हुने बताएको थियो। तर यसको घोर विरोध भएपछि यो आगामी मे १५ सम्मका लागि लम्ब्याइएको छ।

प्रकाशित: १३ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार