एप्पल म्युजिकले ल्यायो बोली र आवाजमा समस्या भएकाहरुका लागि उपयोगी फिचर

  • Technology Khabar | १२ चैत्र २०७७, बिहीबार
एप्पल म्युजिकले ल्यायो बोली र आवाजमा समस्या भएकाहरुका लागि उपयोगी फिचर

काठमाडौं ।

एप्पल म्युजिकले बोली र आवाजमा समस्या भएकाहरुका लागि सेलिस्ट्स नामक उपयोगी फिचर सुरु गरेको छ।

यसले प्रष्ट बोल्न र उच्चारण गर्नमा समस्या भएका युवाहरुलाई सघाउ पुर्याउने अपेक्षा गरिएको छ।

वार्नर म्युजिकसँगको सहकार्यमा बनेको उक्त फिचरले अप्ठ्यारा शब्दहरु भएका गीत खोज्ने प्रयास गर्छ।

यसका लागि हालसम्म १७३ ओटा गीत छानिएकोमा डुआ लिपाको डोन्ट स्टार्ट नाउ, लिज्जोको गुड एज हेल र राइट हियर तथा फ्याट ब्वाइ स्लिमको राइट नाउ लगायतका छन्।

बेलायतमा १२ मध्ये एक बालबालिकामा स्पीच साउण्ड डिस्अर्डर (एसएसडी) को समस्या रहेको विश्वास गरिन्छ।

रोयल कलेज अफ स्पीच एन्ड ल्याङ्ग्वेज थेरापिस्ट्सका प्रमुख कार्यकारी कामिनी गाढोकले बीबीसीलाई भनिन्, ‘हामीलाई बोली तथा भाषासम्बन्धी थेरापिस्टहरुलाई आफ्ना काममा सघाउ पुर्याउने नवीनतम तरिकाहरुका बारेमा सुन्दा सधैं खुशी लाग्छ।’

उनले यस्ता समस्या भोगिरहेकाहरुमा यसबाट आउने नतिजाहरुको प्रभावकारी मूल्यांकन र अनुगमन नयाँ प्रविधि र सामग्रीहरुको सहयोग लिए गर्न सुझाव पनि दिइन्।

प्रकाशित: १२ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार