ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ईकम डलर कार्ड’, विदेशी अनलाइन खरिदमा भुक्तानी गर्न सकिने

  • Technology Khabar | १२ चैत्र २०७७, बिहीबार
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ईकम डलर कार्ड’, विदेशी अनलाइन खरिदमा भुक्तानी गर्न सकिने

काठमाडौं ।

ग्लोबल आइएमई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ।

अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुप बैंकले यस्तो डलर कार्ड जारी गरेको हो ।

बैंकको अनुसार यस कार्डबाट भारत बाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सअप लगायत सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्धन गर्न सकिनेछ।

ग्राहकवर्गले आफ्नो नागरिकता र प्यान कार्ड पेश गरेर बैंकमा खाता खोली ५०० रुपैयाँ सेवा शुल्क तिरेर यो सुविधा लिन सक्नेछन् । साथै कार्डमार्फत कुनै पनि बैंकमा नगई घर तथा कार्यालयबाटै आँफैले सामानको भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने अन्य सेवा–सुविधाहरु लिन सकिने बैंकले जनाएको छ ।

प्रकाशित: १२ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...