
काठमाडौं ।
चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला तथा कलाकार सरोज खनालको फेसबुक फेसबुक एकाउन्ट ह्याक भएको छ। उनको फेसबुक अकाउन्ट ह्याक गरी एक लाख रुपैयाँसमेत मागिएको छ ।
कलाकार सरोज खनालको एकाउन्ट ह्याकपछि सोहि एकाउन्टमार्फत आफ्नो एकाउन्ट ह्याक गरिएको उनले जानकारी दिएको सेतोपाटीले उल्लेख गरेको छ।
‘सरोज खनालको नामबाट बहिनी कता छौरु एउटा कुरा गर्नुछ। यो कोड एकचोटी पठाऊ त भनेर म्यासेज आयो। त्यसपछि मैले कोड पठाइदिएँ,’ निरौलाले भनेकि छिन् । त्यसपछि नै आफ्नो फेसबुक ह्याक भएको उनको भनाई छ ।
ह्याक गर्ने व्यक्तिले निरौलाको एकाउन्टबाट भान्जा सुमन गिरीलाई आफ्नो भाइ बिरामी भयो एक लाख रुपैयाँ पठाइदिनु भनेको उनले बताइन्।
‘मेरो एकाउन्टबाट भान्जा सुमन गिरीलाई मेरो भाइ बिरामी भयो एक लाख रुपैयाँ दिनु न भनेर पठाइएको रहेछ। त्यसपछि भान्जाले डिटेल्स माग्यो,’ उनले भनिन्, ‘सरोज दाइको अकाउन्ट ह्याक भएको रहेछ।’
फेसबुक ह्याक भएकोबारे उजुरी दिन साइबर ब्युरोमा जान लागेको रिपोर्टमा उल्लेख छ ।
प्रकाशित: १२ चैत्र २०७७, बिहीबार