माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा वीरगञ्ज तरकारी तथा फलफुल बजारमा

  • Technology Khabar | १२ चैत्र २०७७, बिहीबार
माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा वीरगञ्ज तरकारी तथा फलफुल बजारमा

काठमाडौं ।

माछापुच्छ्रे बैंकले वीरगञ्ज तरकारी तथा फलफुल बजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकका निर्देशक डा. राजन कृष्ण पन्त र वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले चैत ११ गते संयुक्तरुपमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन् ।

उक्त क्युआर कोड सेवा सुरु भएसंगै वीरगञ्ज तरकारी तथा फलफुल बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

आफुले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा यो सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: १२ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...