पठाओलाई समर्थन गरेकोमा यात्रुलाई भाडामा ५० प्रतिशत छुट दिँदै

  • Technology Khabar | १२ चैत्र २०७७, बिहीबार
पठाओलाई समर्थन गरेकोमा यात्रुलाई भाडामा ५० प्रतिशत छुट दिँदै

काठमाडौं ।

पठाओले आफ्नो सेवाको बारेमा समर्थन गर्दै आईएमविथपठाओ ह्यासट्याग ट्रेण्डिङ्ग भएकोमा आफ्ना यात्रुहरुलाई भाडादरमा छुट दिने भएको छ ।

पछिल्लो दिनमा ट्याक्सी व्यवसायीहरुसँग भएको झड्प पछि विवाद र चर्चामा आएको पठाओले आफ्नो यात्रुहरुको आगामी पहिलो राइडमा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

कम्पनीले हालै आफ्नो ट्विटर ह्याण्डलबाट सो घोषणा गरेको हो । जसअनुसार #IAmWithPathao ह्यासट्याग ट्रेण्ड गराउन र सेवालाई समर्थन गरेकोमा धन्यवाद स्वरुप सो छुट दिएको उल्लेख छ ।

यसअनुसार आज मार्च १५ तारिख एक दिनका लागि राती ११ः५५ बजेसम्म ५० प्रतिशत छुट पाउने भएकोछ ।

यसको लागि कम्पनीले उपलब्ध गराएको प्रोमो कोड “IMWITHPATHAO” प्रयोग गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ ।

यो पनि हेर्नुस्-

पठाओको सबै सेवा आजदेखि सुचारु

प्रकाशित: १२ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...