
काठमाडौं ।
मेसेजिङ्ग एप टेलीग्रामले विभिन्न लगानीकर्ताहरुलाई ऋणपत्र बिक्री नयाँ लगानी जुटाएको सह संस्थापक पाभेल डुरोभले जानकारी दिएका छन् ।
ह्वाट्सएपपछि चर्चामा रहेको टेलीग्रामले हालै युएई लगानीकर्ताहरूबाट नयाँ १ अर्ब डलर प्राप्त गरेको छ।
लगानीकर्ताहरु मुबाडाला इन्भेस्टमेन्ट कम्पनी र अबु धाबी क्याटालिस्ट पार्टनर्सले कम्पनीमा १५० मिलियन डलर लगानी गरेका छन्।
टेलिग्रामका सह संस्थापक डुरोभले लगानी व्यापक सहकार्यको हिस्सा हो जसमा कम्पनीले धेरै लगानीकर्ताबाट क्ल १ अर्ब डलर उठाएको छ।तर कम्पनीले अन्य लगानीकर्ताहरुको बारेमा जानकारी भने दिएको छैन् ।
डुरोभकाअनुसार विश्वभरबाट केहि ठूला र अधिक जानकार लगानीकर्ताहरु छन् ।
‘उठाएको सो रकम बिस्तार योजनाहरू बनाउन र यसको सेवा मनिटाइजेसन रणनीति चलाउन मद्दतको लागि प्रयोग गरिने छ, जसमा व्यवसाय प्रयोगकर्ताहरूका लागि प्रीमियम योजनाहरू समावेश छन्,’ डुरोभले भने।
यूएईमा मुख्यालय रहेको टेलीग्रामका हाल ५० करोड सक्रिय प्रयोगकर्ताहरु छन्। एजेन्सीका साथ
प्रकाशित: ११ चैत्र २०७७, बुधबार