पठाओको सबै सेवा आजदेखि सुचारु

  • Technology Khabar | ११ चैत्र २०७७, बुधबार
पठाओको सबै सेवा आजदेखि सुचारु

काठमाडौं ।

हिजो चैत्र १० गते दिउँसोबाट अवरुद्ध भएको पठाओको सेवा २४ घण्टापछि आज ३ बजेबाट सुचारु भएको छ।

हिजो पठाओ नेपाल प्रालिले प्राबिधिक कारण सेवा अवरुद्ध भएको बताएको थियो। सेवा पुन: सुचारु भएसँगै बाइक, कार लाइट (ट्याक्सी) र फुड डेलिभरी सेवा सन्चालनमा आएको पठाओ नेपाल प्रालिका क्षेत्रिय निर्देशक असिम मान सिंह बस्न्यातले बताए।

पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफल अनुसार राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकोले सम्पुर्ण राइडर साथीहरूलाई राइड लिँदा पठाओको लोगो अङ्कित कपडा प्रयोग नगर्न अनुरोध गरेको बस्न्यातले बताए।

यस सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारवाही समेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने बस्न्यातको भनाइ छ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट ९ट्याक्सी० सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।

प्रकाशित: ११ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...