अब टेस्लाका गाडीहरु बिटक्वाइनबाट पनि किन्न सकिने

Technology Khabar ११ चैत्र २०७७, बुधबार

काठमाडौं ।

टेस्ला इंकका प्रमुख कार्यकारी एलन मस्कले अब टेस्लाका गाडीहरु बिटक्वाइन मार्फत् पनि किन्न सकिने जानकारी दिएका छन्।

आज सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले यो सेवा हाल अमेरिकामा मात्र उपलब्ध हुने र यो वर्षको अन्त्यतिर अमेरिका बाहि पनि विस्तार गरिने जनाएका हुन्।

ट्वीटमा भनिएको छ, ‘अब टेस्ला गाडी बिटक्वाइनमार्फत् किन्न सकिनेछ। यसरी टेस्लाका लागि प्रयोग गरिएको बिटक्वाइन पछि बिटक्वाइनकै रुपमा मात्र लिन सकिन्छ, र यसको सट्टा सामान्य मुद्रामा लिन सकिँदैन।’

अघिल्लो महिना टेस्लाले डेढ अर्ब बिटक्वाइन खरिद गरेको र छिट्टै टेस्ला गाडी किन्दा यसमार्फत भुक्तानी गर्न सकिने बनाउने बताएको थियो। यसपछि बिटक्वाइनको मूल्य झन् झन् आकाशिँदै गएको छ।

प्रकाशित: ११ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया