र्यापर बाम्बी एचटुओले बनाएको ‘आपत्तिजनक’ विज्ञापन युट्युबबाट हटाइयो

Technology Khabar ११ चैत्र २०७७, बुधबार

काठमाडौं ।

बेलायतका विज्ञापन संस्थाहरुको स्व-नियामक निकाय एएसए (एड्भरटाइजिङ स्ट्याण्डर्ड अथोरिटी)ले युट्युबमा बाम्बी एचटुओ नामका र्यापरले तयार पारेको एउटा विज्ञापन हटाएको छ।

बेलायती समाचार संस्था बीबीसीका अनुसार उक्त विज्ञापनमा र्यापरले अबैध लागुपदार्थ देखाएकोले ‘गैरजिम्मेवार’ कदम भन्दै एएसएले ‘आइन्दा नदोहोर्याउने’ गरी  हटाउन लगाएको हो।

‘युट्युबमा राखिएको उक्त भिडियो गम्भीर आपत्तिजनक ‘शपथ’ का शब्दहरुले भरपुर भएको त्यसमा महिलालाई ‘वस्तु’ को रुपमा देखाइएकोले नीच स्तरको रहेको छ’, एएसएले भनेको छ।

युट्युबका अनुसार उसले एएसएले कदम चाल्नुअघि नै आफैंले उक्त विज्ञापन हटाएको जनाएको छ।

यस क्रममा र्यापर बाम्बी एचटुओले एएसए तथा बीबीसीले सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआएको जनाइएको छ।

युट्युबले बीबीसीलाई एउटा ज्ञापन पत्रमा भनेको छ, ‘युट्युब विज्ञापन सुरक्षित र सान्दर्भिक हुनुपर्छ। हामीसँग अनुपयुक्त, वयष्क तथा खतराजनक सामग्रीका लागि कडा नियमहरु छन् र हामी त्यसलाई कडा रुपमा लागु गर्छाैं।

यसबाहेक हामीसँग यस्ता अनुपयुक्त सामग्रीका बारेमा जोकोहीले रिपोर्ट गर्न मिल्ने टूल पनि छ र हामी रिपोर्ट आएपछि त्यसलाई समीक्षा पनि गर्छाैं।

सन् २०२० मा हामीले ३ अर्ब १० करोड गलत विज्ञापनहरु हटायाैं। हामी सुरक्षित र स्वस्थ विज्ञापन वातावरण तयार गर्न प्रतिबद्ध छाैं।’

यसैक्रममा एएसएले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘यो विज्ञापनका थुप्रै दृश्यमा एम्फेटामाइन ट्याब्लेटको शीशी देखाइएको तथा केही धूलो पदार्थ नोटमा बेरेर सेवन गरिएको देखाइएको छ।’

यसबाहेक उक्त विज्ञापनमा एउटी महिलाको चित्र बनाइएको र उक्त महिलाको स्तन देखाइएकोले त्यसबाट महिलालाई ‘वस्तु’ का रुपमा देखाउने गैरजिम्मेवार काम भएको एएसएले जनाएको छ।

प्रकाशित: ११ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

New computer laboratory for Gyanodaya

११ चैत्र २०७७, बुधबार

‘End of an era’: MTV pulling plug on global music channels

११ चैत्र २०७७, बुधबार

AI training for trekking agencies begins

११ चैत्र २०७७, बुधबार