ब्लुटूथ र इन्टरनेटबिनै दुई डिभाइस एक आपसमा कनेक्ट हुने प्रविधि ल्याउँदै गुगल

  • Technology Khabar | ११ चैत्र २०७७, बुधबार
ब्लुटूथ र इन्टरनेटबिनै दुई डिभाइस एक आपसमा कनेक्ट हुने प्रविधि ल्याउँदै गुगल

काठमाडौं ।

गुगलले प्लेस्टोर मा डेभलपरहरुका लागि वाइफाइनानस्क्यान नाम गरेको एप लन्च गरेको छ।

तत्कालका लागि यो वाइफाइनानस्क्यान एप डेभलपरलाई मात्र उपलब्ध हुनेछ।

वाइफाइनानस्क्यान विशेषगरी डेभलपर, भेन्डर, विश्वविद्यालयका अनुसन्धाता, डेमोन्स्ट्रेशन तथा टेस्टिङ टूलका लागि तयार गरिँदै रहेको बुझिएको छ।

१ देखि १५ मिटरको रेन्जमा काम गर्छ

गुगलले यो एप राखिएका दुई डिभाइस १५ मिटरको दूरीभित्र भएको खण्डमा यसले काम गर्ने बताएको छ।

डेभलपर ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर तथा शोधकर्ताहरुले यो एपलाई पियर टु पियर रेन्जिङ तथा डाटा ट्रान्सफरका साथै वाइफाइ अवेयर एनएएन एपीआईमा आधारित फाइन्ड माइ फोन र कन्टेस्ट अवेयर एप्लिकेशनको विकासका क्रममा रेन्ज मापनका लागि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

ब्लुटूथको भन्दा धेरै रेन्ज

ब्लुटूथ कनेक्शनको दाँजोमा वाइफाइनानस्क्यानको दायरा धेरै छ। यो एप विशेषगरी डाटा सेयर गरिरहनु पर्ने प्रयोगकर्ताका लागि बढी उपयोगी हुन्छ। यसका माध्यमबाट आसपासका डिभाइस तथा यूजरहरु खोज्न सजिलो हुन्छ।

प्रकाशित: ११ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार