विदेशी इकमर्श साइटहरुमा अनलाइन भुक्तानी गर्न नबिल बैंकले ल्यायो ‘नबिल आईकार्ड’

  • Technology Khabar | १० चैत्र २०७७, मंगलवार
विदेशी इकमर्श साइटहरुमा अनलाइन भुक्तानी गर्न नबिल बैंकले ल्यायो ‘नबिल आईकार्ड’

काठमाडौं ।

अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले यूएस डलर नबिल आईकार्ड (US Dollar Nabil iCard) ल्याएको छ।

सो बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्डमार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्श साइटहरु मार्फत अनलाइन सपिङ गरी विश्व भर (भारत बाहेक) भुक्तानी गर्न सक्नेछन्।

सो कार्ड लिनको लागि ग्राहकहरुको खातासँगै प्यान पनि अनिवार्य हुनेछ।

ग्राहकले एकै पटक वा पटक पटक गरि एक बर्षमा अमेरिकी डलर ५०० बराबरको परिवत्र्य विदेशी मुद्राको सटही गर्न सक्ने बैंकले जनाएको छ।

प्रकाशित: १० चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार