ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा सोलुखुम्बुको फाप्लुमा

  • Technology Khabar | ९ चैत्र २०७७, सोमबार
ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा सोलुखुम्बुको फाप्लुमा

काठमाडौं ।

ग्लोबल आइएमई बैंकले सोलुखुम्बुको फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५६ पुगेको छ।

बैंकले, सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका वडा नं। ४, फाप्लुमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोलुदूधकुण्ड नगरपालिकाको उपमेयर कल्पना राईले गरेका छन् ।

उक्त शाखारहित बैंकिङ्ग सेवाका लागि बैंकको प्रतिनिधिमा मानकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोमरसीडीएमएरयूटीएलरएनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गर्ने गरेको जनाएको छ।

प्रकाशित: ९ चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार