मनिग्राममार्फत दुईसय बढि देशहरुबाट इसेवा मनि ट्रान्सफरको सेवा सुरु

  • Technology Khabar | ९ चैत्र २०७७, सोमबार
मनिग्राममार्फत दुईसय बढि देशहरुबाट इसेवा मनि ट्रान्सफरको सेवा सुरु

काठमाडौं ।

अन्तरदेशीय विप्रेषण सेवा प्रदायकमा, विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेशनल र इसेवा मनि ट्रान्सफरबीच विप्रेषण भुक्तानी सेवाका लागि सम्झौता भएको छ ।

सम्झौतासंगै मनिग्रामका २०० भन्दा बढी देशका सेवाग्राहीहरुले आफ्नो परिवार, आफन्तजन तथा साथीभाइलाई आफुले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्नेछन् ।

साथै निकट भविष्यमा मनिग्राम मार्फत पठाएको नगद विप्रेषण इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जाल बाट पनि भुक्तानी लिन सकिनेछ र छिटै नै मनिग्राम मार्फत इसेवा खाता (मोबाइल वालेट) मा पनि रकम पठाउने व्यवस्था गरिने कम्पनीले जनाएको छ।

यस साझेदारीको आधारमा मनिग्राम र इसेवा मनि ट्रान्सफरले धेरै नेपाली बसोबासमा रहेका खाडी मुलुक, संंयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया, युरोप, बेलायत लगायत २०० भन्दा बढी मुलुकहरुका सेवाग्राहीहरुलाई रकम पठाउन थप सहज हुनेछ।

इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशकअजेश कोइरालाले भने ‘मनिग्रामसंगको सहकार्यले गर्दा हामीलाई विश्वभर फैलिएर रहेको नेपाली आप्रवासीहरुको ठूलो समूहमा पुग्न मद्धत गर्ने साथै नेपालमा पैसा पठाउने भरपर्दो माध्यम हुनेछ । यो सम्झौताले अन्तराष्ट्रिय विप्रेषणलाई डिजिटलिकरण गर्ने तथा गुणस्तरिय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा थप टेवा पुर्याउने छ।’

प्रकाशित: ९ चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...