टेलिग्राम फिशिङ्ग स्क्यामः अस्ट्रेलियाली सरकारका धेरै मन्त्रीहरू शिकार

  • Technology Khabar | ९ चैत्र २०७७, सोमबार
टेलिग्राम फिशिङ्ग स्क्यामः अस्ट्रेलियाली सरकारका धेरै मन्त्रीहरू शिकार

काठमाडौं ।

अष्ट्रेलियाली संघीय पुलिसले एक फिशिङ्ग स्क्यामको अनुसन्धान गरिरहेको छ जसमा अस्ट्रेलिया सरकारका धेरै मन्त्रीहरूलाई टेलिग्राम एपमार्फत फोनमा लक्षित गरिएको थियो।

यस फिशिङ्गको बारेमा मार्च १८ मा अधिकारीहरुलाई जानकारी दिईएको छ। सो जानकारीपछि पुलिसले यसको बारेमा अनुसन्धान सुरु गरेको छ।

अष्ट्रेलियाली संघीय पुलिसले आइतवार जारी गरेको विज्ञप्तिमा बताईएअनुसार ‘यो फिशिङ्ग मार्फत पठाइएको सन्देश शुरुवातीरुपमा हेर्दा तपाईँको नजिकै रहेको व्यक्तिले पठाएको जस्तो देखिन्छ जो तपाईसँग कुरा गर्न चाहन्छ र यसका लागि मेसेजिङ्ग एप डाउनलोड गर्न प्रोत्साहित गरिरहेको छ।’ त्यसपछि तिनीहरूले अर्को व्यक्तिको खाता ह्याक गर्छन्।

जानकारीकाअनुसार अस्ट्रेलियाका अर्थमन्त्री साइमन बर्मिंघमको टेलिग्राम एकाउन्ट ह्याक गरिएको छ। अष्ट्रेलियाको स्काई न्यूज टेलिभिजन प्रसारणका अनुसार आइतबार साँझ उनको एकाउन्टमा पहुँच गर्ने जोसुकैले पनि आफूले सम्पर्क गरिरहेको ठाउँमा सन्देश पठाइरहेको छ तर आफूले कहाँबाट सो सूचना पाएको छु भनेर जानकारी भने दिएको छैन् ।

पुलिसले  बर्मिंघमको खाताबाट संदिग्ध गतिविधि भइरहेको पुष्टि गरेको छ कि। त्यसपछि अष्ट्रेलियाको साइबर खुफिया एजेन्सी सो केसको अनुसन्धानमा संलग्न भएको छ।

हाल बर्मिंघमको अफिसले कुनै पनि बिजनेस आवरपछि आउने कुनैपनि कल र इमेललाई जवाफ दिन रोकेको छ । अर्को तर्फ टेलीग्रामले पनि वेबसाइटबाट पठाईएको सन्देशहरूलाई कुनै प्रतिक्रिया गरिरहेको छैन। एजेन्सी

प्रकाशित: ९ चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...